Kathmandu Press

सत्ता गठबन्धनको बैठक सकारात्मक, मंगलबार पुनः बस्ने 

बैठक सकारात्मक भएको जिकिर गरेपनि कुनै ठोस सहमति भने नभएको नेताहरुले बताएका छन् । आफूहरू सहमतिको नजिक पुगे पनि निष्कर्षमा भने भोलि (मंगलबार) निष्कर्षमा पुग्ने स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनको बैठक सकारात्मक, मंगलबार पुनः बस्ने 

काठमाडौं, वैशाख ५ : सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ  । महानगर उपमहानगर भागबन्डामा मिलाउन बसेको गठबन्धनको आजको दोश्रो वैठकमा सकरात्मक छलफल भएतापनि  बिनानिष्कर्ष टुंगिएको हो ।  

बैठक सकारात्मक भएको जिकिर गरेपनि कुनै ठोस सहमति भने नभएको नेताहरुले बताएका छन् । आफूहरू सहमतिको नजिक पुगे पनि निष्कर्षमा भने भोलि (मंगलबार) निष्कर्षमा पुग्ने स्रोतले जनाएको छ ।

बैठक बालुवाटारमा भोलि साढे ११ बजे बस्ने उनले बताए। गठबन्धबीच छ महानगर र ११ महानगरमा चुनावी तालमेल हुने तयारी छ । यसअघि आज बिहान बसेको बैठकमा दलहरुले महानगर र उपमहानगरको भागबण्डाका विषयमा आ आफ्नै दावी पेश गरेका थिए । 

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्