Kathmandu Press

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु
Hardik ivf

काठमाडौं, वैशाख ५ : घर निर्माण गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर फिदिम नगरपालिका १ बुद्धचोक बस्ने ६५ वर्षीय गोपाल ढुङगानाको सोमबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने मदन पन्धाकले घर निर्माण गर्न घडेरी तयार गरी पूजा गर्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका ढुङगानालाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी समेतको टोलीले जेसिबीको सहयोगमा उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल फिदिम लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्