Kathmandu Press

अछामका न्यायाधीश जोशीलाई काजमा सर्वोच्च झिकाइयाे

काठमाडौं, वैशाख ५ : जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीलाई काजमा सर्वोच्च अदालतमा ल्याइएको छन्।ऐनमा व्यवस्था नै नभएको अवस्थामा एक किशोरीलाई तीस्न वर्षको सजाय...
अछामका न्यायाधीश जोशीलाई काजमा सर्वोच्च झिकाइयाे

काठमाडौं, वैशाख ५ : जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ।

ऐनमा व्यवस्था नै नभएको अवस्थामा एक किशोरीलाई तीन वर्षको सजाय सुनाएको भन्दै उनलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले काजमा सर्वोच्चमा झिकाएका हुन्।

बयान फेरेको भन्दै जोशीको एकल इजलासले बलात्कारमा परेकी एक किशोरीले तीन वर्ष कैद सजायको आदेश दिएको थियो। 

सो फैसलाको जाँचबुझपछि जोशीलाई सर्वोच्च बोलाउने निष्कर्ष निस्किएको स्रोतको भनाइ छ।

प्रकाशित मिति: १८:०० बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्