गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारी कालोपट्टी बाँधेर काममा
काठमाडौं, वैशाख ५ : नियमावली संशोधन नटुंगिएको भन्दै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक, नर्सिङ तथा कर्मचारी आज (सोमबार) आन्दोलनमा उत्रिएका छन्।उनीहरू सेवा सर्त...
काठमाडौं, वैशाख ५ : नियमावली संशोधन नटुंगिएको भन्दै सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका चिकित्सक, नर्सिङ तथा कर्मचारी आज (सोमबार) आन्दोलनमा उत्रिएका छन्।
उनीहरू सेवा सर्त र सुविधासम्बन्धी नियमावली २०५८ को छैटौं संशोधन प्रक्रिया नटुंगिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीले आज आन्दोलनस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरे।
सो अस्पतालका कर्मचारी संघले नियमावलीको छैटौं संशोधन प्रक्रिया नटुंगिँदा कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको जनाएको छ। त्यसैका लागि दबाब दिन आन्दोलनमा उत्रिनुपरेको संघको भनाय छ।
प्रकाशित मिति: १७:३५ बजे, सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












