Kathmandu Press

चुनाव कसैले टार्न सक्दैन, हामी गराएर छाड्छौं : ओली

सोलखुम्बु, वैशाख ५ : एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।आज (सोमबार) सोलुखुम्बुमा आयोजित चुनावीसभा एवं पार्टी...
चुनाव कसैले टार्न सक्दैन, हामी गराएर छाड्छौं : ओली

सोलखुम्बु, वैशाख ५ : एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

आज (सोमबार) सोलुखुम्बुमा आयोजित चुनावीसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने सत्तारुढ गठबन्धनले चुनाव सार्न बालुवाटारमा बैठक राखेको दाबी गरे।

उनले चुनाव सार्ने प्रयास नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिले नै आग्रह गरिसकेको उनले बताए। ‘मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु। चुनाव रोक्ने कोसिस नगर्नुस्। तर चुनाव हुनेछ। चुनाव टार्न कसैले सक्नेछैन । चुनाव हामी गराएर छाड्छौं,' उनले भने। 

उनले गठबन्धन एमालेसँग डराएर चुनावबाट भाग्न खोजेको आरोपसमेत लगाए। सबै दल मिलेर आए पनि एमाले एक्लै भिड्न तयार रहेको ओलीको भनाइ थियो।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्