'४६ जिल्लाका लागि ९५ लाख मत्रपत्र छपाइ भइसक्याे'
काठमाडौं, चैत ५ : यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाका लागि ९५ लाख २५ हजार मत्रपत्र छपाइकाे काम सकिएको...
काठमाडौं, चैत ५ : यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाकाे मत्रपत्र छपाइकाे काम सकिएको छ। निर्वाचन आयोगले सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो।
‘निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
उनले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने सूचनाका आधारमा आयोगले विभिन्न दल तथा नेतालाई पत्राचार गरेको र जवाफ आउने क्रम जारी रहेको उनले जानकारी दिए।
लेटरप्याड, साइनबोर्ड र छापमा एकरूपता ल्याउन तिनको नमुना ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृत कार्यालयलाई प्रदेश र जिल्ला निर्वाचन कार्यालय माफृत पठाइएको उनले बताए।
प्रवक्ता शर्माले आयोगले निर्वाचनसम्बन्धी सूचना दिन यही वैशाख १ गतेबाट हरेक दिन स्थानीय तह इबुलेटिन प्रकाशन गर्न थालिएको जानकारी दिए।
‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ सम्पन्न भएको पनि उनले बताए। पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्राप्त नभएकाले सरकारले उपलब्ध गराएको बजेटबाटै निर्वाचन सामग्री खरिद गरिएको जानकारी दिए।
त्यस्तै आयोगले आगामी निर्वाचनमा अपाङ्गमैत्री मतदान केन्द्र स्थापनाका लागि बिशेष ध्यान दिइएको र बिगतमा भएका कमी कमजोरीलाई सच्याइने जनाएको छ।











