Kathmandu Press

आइओसीले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको मूल्य घटेर आयो

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ। डिजेल र हवाई इन्धनको मूल्य भने बढेको निगमले जनाएको छ। 
आइओसीले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको मूल्य घटेर आयो

काठमाडौं, वैशाख ५ : भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। आयल निगमका अनुसार अप्रिल १६ मा आइओसीले इन्धनको नयाँ मूल्यसूची पठाएको हो। 

यसपटक भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ। डिजेल र हवाई इन्धनको मूल्य भने बढेको निगमले जनाएको छ। 

डिजलको मूल्य २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ३८ पैसा बढेर आएको आयल निगमले जानकारी दिएको छ। 
 
 

प्रकाशित मिति: १६:३० बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्