अर्थमन्त्री फेर्ने विषयमा कुनै छलफल भएको छैन : प्रचण्ड
काठमाडौं, वैशाख ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्ने विषयमा कुनै छलफल नभएको बताएका छन्।सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले...
काठमाडौं, वैशाख ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्ने विषयमा कुनै छलफल नभएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन्। उनले अहिले अर्थमन्त्री फेर्ने कुरा एजेन्डामा पनि नरहेको र चर्चामा पनि नरहेको स्पष्ट पारे।
गभर्नर निलम्बनको विषयमा माओवादीका तर्फबाट अर्थमन्त्री बनेका जनार्दन शर्मा पछिल्लो समय आलोचित हुँदै आएका छन्।
प्रकाशित मिति: १५:४५ बजे, सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











