थप १० जनामा कोरोना संक्रमण
काठमाडाैं, वैशाख ५ : नेपालमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ६ सय पिसिआर परिक्षणका क्रममा ९ जना...
काठमाडाैं, वैशाख ५ : नेपालमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ६ सय पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ७३ जना निको भएका छन्।
हाल नेपालमा ३ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १५:२३ बजे, सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












