Kathmandu Press

पेरिसडाँडाबाट सिधै बालुवाटार पुगे प्रचण्ड, गठबन्धनको बैठक जारी

काठमाडौं, वैशाख ५ : सत्तारुढ गठबन्धन दलको बैठक पुनः सुचारु भएको छ। पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा भाग लिएर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार फर्केपष्छि बैठक...
पेरिसडाँडाबाट सिधै बालुवाटार पुगे प्रचण्ड, गठबन्धनको बैठक जारी
फाइल तस्बिर

काठमाडौं, वैशाख ५ : सत्तारुढ गठबन्धन दलको बैठक पुनः सुचारु भएको छ। पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा भाग लिएर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार फर्केपष्छि बैठक सुरु भएको हो। 

बिहान १० बजेपछि सुरु भएको बैठकको तीन घन्टापछि प्रचण्ड बालुवाटारबाट बाहिरिएका थिए। पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलन सकेर प्रचण्ड केहीबेरअघि बालुवाटार पुगिसकेका छन्। 

प्रचण्ड बाहिरिएपनि कांग्रेस, एकिकृत समाजवादी र जसपाका नेताहरु बालुवाटारमा छलफलमै थिए। 

देशभरका ६ महानगर र ११ उपमहानगर भागबण्डा गर्न गठबन्धनका नेताहरु सोमबार बिहानदेखि छलफलमा बसेका हुन्। दिउँसो १ बजेसम्म महानगरमा करिब सहमति जुटेको प्रचण्डले बताएका थिए। 

पत्रकार सम्मेलनमा प्रचण्डले आज साँझसम्म ६ महानगरपालिका र ११ उपमहानगरपालिकाबारे सहमति हुने बताएका छन्। ६ महानगरपालिकामध्य माओवादी केन्द्रले कम्तिमा एक महानगरपालिका पाउने र भरतपुर नै दिनेबारेमा गठबन्धनमा सकारात्मक छलफल भएको बताए ।

प्रकाशित मिति: १५:२० बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्