Kathmandu Press

भरतपुर माओवादीलाई दिने सम्बन्धमा गठबन्धन सकारात्मक छ : प्रचण्ड 

प्रचण्डले भरतपुर यसअघि माओवादी ले नै जितेको र रेनु दाहालले राम्रो काम गरेका कारण पनि कांग्रेस र गठबन्धनका अन्य दलहरु पुनः माओवादी केन्द्रलाई नै भरतपुर दिने विषयमा लचिलो बनेको बताएका हुन्।
भरतपुर माओवादीलाई दिने सम्बन्धमा गठबन्धन सकारात्मक छ : प्रचण्ड 

काठमाडौं, वैशाख ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई नै दिनेबारे गठबन्धनका दलहरु सकारात्मक रहेको बताएका छन्। 

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भरतपुर यसअघि माओवादी ले नै जितेको र रेनु दाहालले राम्रो काम गरेका कारण पनि कांग्रेस र गठबन्धनका अन्य दलहरु पुनः माओवादी केन्द्रलाई नै भरतपुर दिने विषयमा लचिलो बनेको बताएका हुन्।

‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर (माओवादीलाई)  नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला । त्यसकारण हामी बेलुकासम्म टुंग्याउँछौं’ उनले भने । 

उनले आफूले भरतपुर माओवादी नै पाउनुपर्ने भनेर अडान नराखेको बताएका छन्। देभरका ६ महानगरपालिकामध्य गठबन्धनमा माओवादी केन्द्रले कम्तिमा एक महानगरपालिका पाउने र त्यसमध्य जुन भएपनि आफू सहमत हुने उनले बताए । ‘काठमाडौं महानगरपालिका, विराटनगर महानगरपालिका, भरतपुर महानगरपालिका जुन भए पनि हामीलाई ठिक छ, भरतपुर नै चाहियो, रेनु नै हुनुपर्छ भनेका छैनौं,’ उनले भने।


 

प्रकाशित मिति: १४:३५ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्