तालमेलबारे असन्तुष्ट स्वरहरुले निर्वाचनमा तात्विक असर पार्दैन : प्रचण्ड
काठमाडौं, वैशाख ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबीच तालमेल हुँदा केही असन्तुष्टि र विरोधका स्वर सुनिनु स्वाभाविक भएको बताएका छन्। पार्टीको...
काठमाडौं, वैशाख ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबीच तालमेल हुँदा केही असन्तुष्टि र विरोधका स्वर सुनिनु स्वाभाविक भएको बताएका छन्।
पार्टीको प्रचार विभागले पेरिसडाँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एउटै पार्टीभित्र पनि कसैले टिकट पाउने कसैले नपाउने हुँदा विरोधका स्वर सुनिने, वागी उम्मेदवार उठ्ने अनुभव गरिसकेको बताउँदै गठबन्धनबीच पनि त्यस्तो स्वर सुनिनु लोकतान्त्रिक परिपाटीको स्वाभाविक पक्ष रहेको बताएका हुन्।
‘पाँच दलीय गठबन्धनभित्र तालमेल गर्दा केहीकेही विरोधका स्वर सुनिनु स्वाभाविक हो तर, त्यसले तात्विक फरक पार्दैन,’ उनले भने,’ उनले भने। उनले गठबन्धनले महानगर र उपमहानगरमा कुन पार्टीको उम्मेदवार बनाउने भन्ने विषय केन्द्रले नै टुंग्याउने नीति रहेकाले सोहीअनुसार छलफल भएको बताएका छन्।
गठबन्धनले तल्लो स्थानीय तहको हकमा स्थानीय स्तरमै अधिकार प्रत्यायोजन गरेकोे र समस्या देखिएकोबारे रिपोर्ट गरे केन्द्रले सपोर्ट गर्ने नीति बनाएको बताए।
उनले गठबन्धनबाट संस्थागत निर्णय भइसकेपछि अन्ततः पार्टीपंक्ति र जनपंक्ति पनि त्यही औपचारिक र संस्थागत निर्णयका पक्षमा नै उभिने विश्वास व्यक्त गरे।











