माओवादी केन्द्र दाङ इन्चार्ज जीवन गौतमले गरे पार्टी परित्याग
दाङ, वैशाख ५ : माओवादी केन्द्र दाङ इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन्। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन्।उनले आज (सोमबार) घोराहीमा पत्रकार...
दाङ, वैशाख ५ : माओवादी केन्द्र दाङ इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेका छन्। उनी माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन्।
उनले आज (सोमबार) घोराहीमा पत्रकार सम्मेलन गरेर उनले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट उम्मेदार बनेका उनी यसपालि पनि त्यहीँ मेयरका दाबेदार थिए। त्यतिबेला पराजित उनी मतका हिसाबले तेस्रो स्थानमा रहेका थिए।
पत्रकार सम्मेलनमा उनले अब माओवादी केन्द्र कम्युनिस्ट पार्टी नै नरहेको बताए। माओवादी कन्द्रले कम्युनिस्टमा हुनुपर्ने आदर्श गुमाइसकेको हुँदा सो पार्टीमा बसिरहनु उचित नभएर पार्टीबाट अलग हुने निर्णय गरेको बताए। ‘निर्वाचनको मुखमा यो प्रवृति झन् बढ्दै गएपछि मैले स्वाभिमान जोगाउन पार्टी परित्याग गर्ने निर्णयमा पुगे,’ उनले भने।
माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिस्ट चरित्र बढ्दै गएपछि आफूले पार्टीभित्र बस्न नचाहेको बताए। उनले तत्काल कुनै पार्टीको सदस्यता नलिने उनले बताए।
माओवादी केन्द्रले घोराही उपमहानगरपालिको मेयरमा हेमराज शर्माको नाम अगाडि सारेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको र सोही कारणले स्थानीय तहको निर्वाचनको मुखमा गौतमले राजीनामा दिएका बताइएको छ।











