Kathmandu Press

महानगरपालिकामा लगभग सहमति जुटिसक्याे, उपमहानगरपालिकाबारे साँझसम्म टुंग्याउँछाैं : प्रचण्ड

आफू बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चल्दाचल्दै पत्रकार सम्मेलनका लागि एकछिन बाहिरिएको र फेरि पनि छलफलका लागि त्यहाँ जाने बताए।
महानगरपालिकामा लगभग सहमति जुटिसक्याे, उपमहानगरपालिकाबारे साँझसम्म टुंग्याउँछाैं : प्रचण्ड

काठमाडाैं, वैशाख ५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) साँझसम्म महानगरपालिका र उपमहानगरपालिका तालमेलबारे निष्कर्ष निस्कने दाबी गरेका छन्।

पार्टीको प्रचार विभागले आज पेरिसडाँडाका आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले महानगरबारे लगभग तालमेल मिलिसकेको र उपमहानगरबारे पनि आज (सोमबार) साँझसम्म टुंगो लाग्ने दाबी गरेका हुन्।

आफू बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चल्दाचल्दै पत्रकार सम्मेलनका लागि एकछिन बाहिरिएको र फेरि पनि छलफलका लागि त्यहाँ जाने बताए।

‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनका बीचमा समझदारी बनाउने प्रयास भइरहेको छ। महानगरको लगभग टुंगो लागिसकेको छ। उपमहानगरपालिकाबारे छलफ गरेर तालमेल निष्कर्षमा पुग्छौं,’ उनले भने।

महानगरपालिका र उपमहानगरपालिका टुंग्याउने जिम्मेवारी केन्द्रलाई दिइएको तर नगरपालिका र गाउँपालिकाको तालमेलका लागि अधिकार प्रत्यायोजन गरिएको उनले बताए।

बेलुकासम्म तलबाट सबै रिपोर्ट आइसक्ने र सकेसम्म भोलि (मंगलबार) एउटा निष्कर्षमा पुग्ने तयारी भइरहेको उनले बताए।    

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्