निर्वाचन कुनै हालतमा सर्दैन, गठबन्धन चुनावको अन्तिम तयारीमा छ : प्रचण्ड
काठमाडौं, वैशाख ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका छन्।पार्टीको प्रचार विभागले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले...
काठमाडौं, वैशाख ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका छन्।
पार्टीको प्रचार विभागले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धन निर्वाचनको अन्तिम तयारीमा जुटेको बताउँदै निर्वाचन तोकिएकै मितिमा हुने बताएका हुन्।
उनले गठबन्धनका दलहरु पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न कटिवद्ध भएका कारण निर्वाचन सर्ने सम्भावना कहिँ कतै नदेखिएको बताए। ‘कम्तिमा सरकारको र सरकारमा भएको सबै राजनीतिक दलहरुको निर्वाचन सार्ने कुनै मनशाय छैन र गठबन्धन सम्पूर्ण रुपमा निर्वाचनको तयारीमा होमिइसकेको छ,’ उनले भने।
प्रकाशित मिति: १३:४७ बजे, सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











