Kathmandu Press

जबरजस्ती तालमेल गरे परिणाम नकारात्मक आउन सक्छ : गगन थापा 

काठमाडाैं, वैशाख ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताउनुभएको छ ।  कांग्रेस क्षेत्र...
जबरजस्ती तालमेल गरे परिणाम नकारात्मक आउन सक्छ : गगन थापा 

काठमाडाैं, वैशाख ५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका छन् ।  

कांग्रेस क्षेत्र नंवर ४ प्रदेश क क्षेत्रिय कार्यसमितिले सोमबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने बिषय आफूले पहिलेदेखि नै उठाउदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका हुन्। 

उनाले आफूले पछिल्ला दिनहरुमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे। थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा पनि राखे । मतदाता र कार्यकर्ताको भावनाबिपरित जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको भनाई छ ।  

त्यस्तै थापाले पार्टी नेतृत्वले सवै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरुप आवश्यक निर्णय लिनुपर्ने बताए

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्