साधुको हत्या आरोपमा तीन बालक पक्राउ
डडेल्धुरा, असोज २७ : साधुको (जोगी) उमाशङ्कर गिरी हत्या गरेको आरोपमा डडेल्धुरा प्रहरीले तीन जना बालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्याल....
डडेल्धुरा, असोज २७ : साधुको (जोगी) उमाशङ्कर गिरी हत्या गरेको आरोपमा डडेल्धुरा प्रहरीले तीन जना बालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले १६ वर्षमूनिका तीन बालकलाई पक्राउ गरिएको बताए। दुई जनालाई डडेल्धुराबाट र एक जनालाई डडेल्धुरा र बैतडीको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालक भएकाले तीनै जनाको नाम सार्वजनिक नगरिएकोप्र हरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ।
तीनै जना गत मंगलबार घटनास्थल नजीकै अजयमेरु गाउँपालिका–१ समैजी कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी होहल्ला गर्दै साधुको कुटीमा गएका थिए। फर्कने क्रममा सडकमा साधु उमाशङ्कर गिरीसँग भेट भएको र विवाद भएको जनाइएको छ।
त्यसपछि गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेका तर मदिराको मातमा रहेका आरोपितहरुले लखेट्दै गई पुनः ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






