Kathmandu Press

लालीगुराँस बहुउद्देश्यीयकाे साताैं काउन्टर नयाँबजारमा

लालीगुराँस बहुउद्देश्यीयकाे साताैं काउन्टर नयाँबजारमा

काठमाडाैं, वैशाख ५ : श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले काठमाडौंको नयाँ बजारमा नयाँ काउन्टर सञ्चालन ल्याएको छ।

सो काउन्टरमा आज (सोमबार) बाट कारोबार थालिएको हो। संस्थाको यो सातौं सदस्य सुविधा काउन्टर हो। 

काउन्टरको उद्घाटनपछि संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले सेयर सदस्यलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन थप काउन्टर  उद्घाटन गरिएको बताए।  उनले उपत्यकामा अझै केही ठाउँमा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने योजना रहेको बताए।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नयाँ बजारका सातौं सदस्य सुविधा काउन्टर स्थापना गरेको बताए।

नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने बताए। उनले आगामी वर्षहरूमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउँदै लैजाने बताए।

पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाउँ, काठमाडौंको चाबहिल र न्युरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउन्टर सञ्चालन गरिसकेको छ।

भण्डारीले संस्थाले हालसम्म करिब ३ सयभन्दा बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिँदै आएको बताए। २०५६ भदौ १८ गते दर्ता भई असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था वाग्मती प्रदेशको उत्कृष्ट सहकारी हो।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ श्री लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ श्री लालीगुराँस राष्ट्रिय उच्च मावि/कलेज र नेसनल एकेडेमी सञ्चालन गरिरहेकाे छ।

त्यसैगरी डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाइड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ।

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्