Kathmandu Press

‘पर्यटन क्षेत्रको विकासमा हवाई सेवा प्रभावकारी’

पोखरा, माघ २२ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्न....

‘पर्यटन क्षेत्रको विकासमा हवाई सेवा प्रभावकारी’
रासस

पोखरा, माघ २२ :  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।  

नेपाल पर्वतरोहण सङ्घद्वारा यहाँ सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको १६ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री अघिकारीले समय सापेक्षरुपमा पर्यटकले सुलभ प्रकृतिका सेवा उपयोग गर्ने हुँदा हवाई सेवालाई सहज बनाउनुपर्ने बताए । 

Hardik ivf

उनले हवाई सेवा सञ्चालन प्रभावकारी बनाउन सरकारले योजना अगाडि सारेको उल्लेख गरे । मन्त्री अधिकारीले धनगढी, भैरहवा, नेपालगञ्ज, सिमरा, विराटनगर लगायतका विमानस्थलमा रात्रि हवाई सेवा सञ्चालन गर्नुका साथै निकट भविष्यमा जनकपुरमा सेवा विस्तार गरिने तयारी भई रहेको जानकारी पनि दिए ।  

पोखरा विमानस्थलमा प्राविधिक कारणले रात्रि सेवा सञ्चालन गर्न नसकिने बताउँदै उहाँले पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र उक्त सेवा शुरु गरिने बताए । 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन नेपाल पर्वतारोहण सङ्घको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले त्यसका लागि हिमाल आरोहण गर्ने विश्वका आरोहीलाई आमन्त्रण गर्नुपर्नेमा जोड दिए । 

नेपाल एयरलायन्सलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउँदै उहाँले हवाई जहाज खरीद प्रकृयामा देखिएको अनियमितता सम्बन्धमा छानबिन गरी कारवाही हुने विश्वास व्यक्त गरे ।  

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएको बताउँदै उचित सदुपयोग गरिनुपर्नेमा जोड दिए ।  नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ वन क्याटलकले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालले गुणस्तरीय पर्यटकलाई आवश्यक भौतिक पूर्वाधारमा जोड दिएका थिए । 

सो अवसरमा मन्त्री अधिकारी र राजदूत क्याटलकले सङ्ग्रहालयमा निर्माण गरिएको टोनी हेगन, पासाङलामु शेर्पा र शम्भु तामाङ कर्नरको सामुहिक रुपमा उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: १९:२८ बजे, मंगलबार, माघ २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्