Kathmandu Press

युवा सेफ प्रतियोगिता सम्पन्न

काठमाडाैं, वैशाख ५ : अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिक खानाको अन्वेषण तथा प्रवर्धन गर्न भएको युवा सेफ प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको...
युवा सेफ प्रतियोगिता सम्पन्न

काठमाडाैं, वैशाख ५ : अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिक खानाको अन्वेषण तथा प्रवर्धन गर्न भएको युवा सेफ प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको छ।

सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा आइतबार काठमाडाैंमा आयोजना गरेको प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको हो।

Hardik ivf

प्रथम भएसँगै एकेडेमी अफ कलिनरी आर्ट कलेजले रु. एक लाख पुरस्कार प्राप्त गरेको छ। यस्तै दोस्रो गेट कलेज र तेस्रो रिट्ज कलेज भएका छन्। दोस्रो हुने गेट कलेजले रु. ५० हजार र तेस्रो हुने रिट्ज कलेजले रु. २५ हजार प्राप्त गरेका छन्।

ललितपुरको पाक कला तथा आतिथ्य व्यवस्थापन प्रतिष्ठानको सभा कक्षमा भएको प्रतियोगितामा गेट, शुभश्री, एनसीसीए, कलिनरी आर्ट, रिट्स, गोल्डेन गेट, क्वीस्ट, नेसफिल्ड र हिमालयन ह्वाइट हाउस कलेजका साथै पद्यमकन्या क्याम्पस र सरस्वती क्याम्पसका विद्यार्थीको सहभागिता रहेको थियो।

प्रतियोगिताको अन्तर्राष्ट्रिय निरीक्षकमा विविसी मास्टर सेफ सन्तोष शाह, सेफ एलेक्स वेब, सेफ बार्ट भान डेरली र सेफ फिली तथा राष्ट्रिय निरीक्षकमा सेफ श्याम लामा, सूर्यकिरण श्रेष्ठ र लक्ष्मणप्रसाद भण्डारी रहेका थिए।

युवा सेफलाई प्रोत्साहन गर्दै युवालाई नेपाली खानाप्रतिको सकारात्मक विचार जगाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका विद्यार्थीले भाग लिएका थिए।

प्रकाशित मिति: ११:५४ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्