Kathmandu Press

महानगर र उपमहानगरको निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक 

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले गठबन्धन र निर्वाचनमा तालमेलका विषयमा ठोस निर्णय गर्ने बताइएको छ । विशेषगरी मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनबीच भागबन्डाको विषयमा छलफल गरी निर्णय गर्ने एजेन्डा रहेको छ।
महानगर र उपमहानगरको निर्णय गर्न बालुवाटारमा गठबन्धनको बैठक 

काठमाडौं, वैशाख ५ : सत्तारुढ गठबन्धन दलको बैठक जारी छ। गठबन्धन दलका शीर्ष नेतासहित स्थानीयत तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिका सदस्य सहित गठबन्धनका शीर्ष नेताहरुको बैठक सवा दस बजे सुरु भएको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले गठबन्धन र निर्वाचनमा तालमेलका विषयमा ठोस निर्णय गर्ने बताइएको छ । विशेषगरी मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनबीच भागबन्डाको विषयमा छलफल गरी निर्णय गर्ने एजेन्डा रहेको छ।

महानगरमा गठबन्धनका सबै पार्टीले आ–आफ्नो दाबी कायम राखेका छन् । गठबन्धनमा रहेका दलका उम्मेदवार विजयी भएका महानगर÷उपमहानगर सोही दललाई दिँर्दै बाँकी रहेका महानगर र उपमहानगरमा भागबन्डा गर्नेगरी छलफल हुने बताइएको छ । 

एकिकृत समाजवादी पार्टीले काठमाडौं महानगर र पोखरा महानगरमा दाबी गर्दै आइरहेको छ। भरतपुरमा माओवादी केन्द्रले पुनः रेनु दाहाललाई उम्मेदवार बनाउने तयारी गरेको छ।  

जनता समाजवादीले वीरगञ्ज महानगर दाबी गरेको छ। यी सबै महानगरमा सहमति गरे भागबन्डा गर्न आजको बैठक बसेको हो। त्यस्तै ११ उपमहानगरमा पनि दलहरूका आआफ्नै दाबी भएकाले सहमति जुट्न कठिन हुँदै आएको छ ।

नेकपा एमालेले धमाधम उम्मेदवार घोषणा गरिरहेको अवस्थामा गठबन्धन भित्र भने सहमति हुन नसकेपछि उम्मेदवारको टुंगो लाग्न सकेको छैन। 

प्रकाशित मिति: १०:३५ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्