Kathmandu Press

सेभियामाथि रियलको पुनरागमन जित

काठमाडौं, वैशाख ५ : स्पेनिस ला लिगामा रियल मड्रिडले पुनरागमन जित निकालेको छ।गएराति भएको खेलमा रियलले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै सेभियामाथि...
सेभियामाथि रियलको पुनरागमन जित

काठमाडौं, वैशाख ५ : स्पेनिस ला लिगामा रियल मड्रिडले पुनरागमन जित निकालेको छ।

गएराति भएको खेलमा रियलले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै सेभियामाथि ३–२ को जित निकालेको हो। रियलको जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल गरे भने सेभियाका इभान राकिटिच र एरिक लामेलाले गोल गरे।

Hardik ivf

खेलको २१औं मिनेटमा इभान राकिटिचले फ्रिकिकमा गोल गर्दै सेभियालाई अग्रता दिलाए। २५औं मिनेटमा एरिक लामेलाले जेसस कोरोनाको पासमा गोल गरेपछि सेभियाले रियलविरुद्ध २–० को अग्रता लिएको थियो।

पहिलो हाफमा २–० ले पछि परेको रियलले ५०औं मिनेटमा गोल गर्दै खेलमा फर्कने प्रयास गर्‍यो। रोड्रिगोले ड्यानी कार्भाजलको पासमा गोल गरेका थिए।

त्यसपछि ८२औं मिनेटमा नाचो फर्नान्डेसले कार्भाजलकै पासमा गोल गरेपछि रियलले खेललाई २–२ को बराबरीमा ल्यायो। अतिरिक्त समयको दोस्रो मिनेटमा रोड्रिगोको पासमा कप्तान बेन्जिमाले गोल गर्दै रियललाई जित ३–२ को पुनरागमन जित दिलाएका हुन्।

यो जितसँगै रियलले शीर्ष स्थानमा १५ अंकको अग्रता लिएको छ। रियलको ३२ खेलबाट ७५ अंक छ भने दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ।

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्