चुनावी तयारीबारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौं, वैशाख ५: स्थानीय तहको चुनावको तयारीबारे छलफल गर्न नेकपा (एमाले) सचिवालय बैठक बस्दै छ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक...
काठमाडौं, वैशाख ५: स्थानीय तहको चुनावको तयारीबारे छलफल गर्न नेकपा (एमाले) सचिवालय बैठक बस्दै छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको छ। आज साँझ ६ बजे सचिवालय बैठक बस्ने भएको छ।
आजको बैठकमा चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जनाइएको छ।
त्यसअघि आज बिहान एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै छ। केन्द्रीय कार्यालय बैठक बिहान ११ बजे कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए।
वैशाख ९ गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ।
प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











