Kathmandu Press

इन्द्रावतीमा युवतीको शव फेला

सिन्धुपाल्चोक, वैशाख ५: सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–११ इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ।करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला...
इन्द्रावतीमा युवतीको शव फेला

सिन्धुपाल्चोक, वैशाख ५: सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–११ इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ।

करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला परेको हो। दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ।

उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो।

शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए। (रासस)

प्रकाशित मिति: ०६:४७ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्