Kathmandu Press

स्वतन्त्र न्यायापालिका र मर्यादित कानून व्यवसायका लागि काम गर्ने प्रतिवद्धता

काठमाडौं, वैशाख ५ : नेपाल बार एशोसिएशनका नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानून व्यवसायका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।बारको...
स्वतन्त्र न्यायापालिका र मर्यादित कानून व्यवसायका लागि काम गर्ने प्रतिवद्धता

काठमाडौं, वैशाख ५ : नेपाल बार एशोसिएशनका नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानून व्यवसायका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

बारको गत चैत १९ गते सम्पन्न भएको २६औं केन्द्रीय कार्यसमिति निर्वाचनबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहणपछि बारका महासचिव अन्जिता खनालले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ।

Hardik ivf

बारको चारवटा मूल आधार लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्र न्यापालिकाका लागि निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता जाहेर गरिएको छ।

'यस कार्यसमिति नेपाल बार एशोसिएशनको मूल्यमान्यताको संरक्षण, सम्वर्द्धन गर्ने कार्यमा दत्तचित्त भइरहने प्रण पनि गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'विकृति, विसङ्गति, भ्रष्ट्राचारविहीन स्वच्छ–सक्षम निष्पक्ष, न्यायपालिका, मर्यादित र सक्षम कानून व्यवसायका लागि कार्य गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछौं।'

नवनिर्वाचित पदाधिकारीले नववर्ष २०७९ ले व्यावसायिक आचरण पालना गरी व्यावसायिक र मर्यादित बार बनाउन सबैलाई प्रेरणा देओस् भन्ने शुभकामनासमेत व्यक्त गरिएको छ।

प्रकाशित मिति: ०६:३८ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्