Kathmandu Press

कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग

काठमाडौं, वैशाख ५ : राष्ट्रिय महिला आयोगले कञ्चनपुरको भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी महिलाको हत्या गर्नेहरुलाई तत्काल कारबाही...
कञ्चनपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग

काठमाडौं, वैशाख ५ : राष्ट्रिय महिला आयोगले कञ्चनपुरको भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरी महिलाको हत्या गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ।

कञ्चनपुरको वेदकोट नगरपालिका–६ बस्ने ४२ वर्षीया महिलाको धामी झाक्रीको कुटपिटबाट मृत्यु भएको थियो। उनलाई भूतप्रेत लागेको भन्द धामी झाक्रीले फलामको डण्डा तताएर कुटपिट गरेका थिए।

आयोगले हत्या जस्तो जघन्य अपराधको घटनाको सत्यतथ्य छानबिन गरी यस्ता अपराधका दोषीलाई कानून बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्याय दिन सरकारसँग माग गरेको हो।

आयोगका अध्यक्ष कमला पराजुलीले निर्दोष महिलालाई बोक्सी भनेर चरम यातना दिएर हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा सजाय र पीडितको न्यायको लागि राज्य, प्रहरी प्रशासन र सबै सरोकारवाला पक्षको ध्यान जानुपर्ने बताइन्।

धामी झाँक्रीले रञ्चुला साउदलाई गत चैत ३० गते बेलुका भूतप्रेत बोक्सी लागेको भन्दै फलामको डण्डा आगोमा तताएर कुटपिट गरेका थिए। उनको त्यहि राति ज्यान गएको थियो।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने अमृता खत्री टण्डनको संकास्पद मृत्यु भएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ। दोषीलाई कारबाही गर्न माग गरेको छ।

प्रकाशित मिति: ०६:१८ बजे, सोमबार, वैशाख ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्