Kathmandu Press

संविधानपछि वैचारिक बहस समाप्त भएको छ : अध्यक्ष त्रिपाठी

संविधानपछि वैचारिक बहस समाप्त भएको छ : अध्यक्ष त्रिपाठी

विराटनगर, वैशाख ४ : जनता प्रगतिशील नेपाल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले नेपालको संविधान जारी भएपछि वैचारिक बहस समाप्त भएको बताएका छन। विराटनगरमा आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले नेपालको राजनीतिक सही मार्गतर्फ उन्मुख नभएको प्रष्ट पार्दै सरकार, न्यायापालिका र कार्यपालिका चलायमन अवस्थामा नरहेको टिप्पणी गरे।

उनले उत्पादनकर्ताले उत्पादन वस्तुको मूल्य निर्धारण नगरी विचौलियाले गरिरहेकोमा किसान दुःखी बनिरहेको चर्चा गर्दै ६५ प्रतिशत किसानको प्रतिनिधित्व कसैले पनि नगरेकोमा चिन्ता व्यक्त गरे। अध्यक्ष त्रिपाठीले कृषिमा भएको लगानीले सम्पूर्ण किसानलाई समेट्न नसकेको भन्दै धेरै बैंक भएर पनि कृषिमाथि लगानी नगर्नु दुर्भाग्य भएकाे बताए।

Hardik ivf

उनले किसानको समस्या समाधान गर्न नीतिगत स्पष्टता हुनुपर्ने भन्दै भ्रष्टाचारमुक्त सुशासनसहितको स्थानीय तहको निर्माण नै हाम्रो मूल उद्देश्य रहेको कुरामा जोड दिए। सिद्धान्तहीन चरित्रका कारण नेपालको राजनीति बिग्रेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष त्रिपाठीले आर्थिक अनुशासन पालना नगरेकै कारण मुलुकमा बेरुजु बढेको स्पष्ट पारे ।

कोरोनाको चुनौतीले मुलुकमा अर्थतन्त्रमा केही समस्या देखिए पनि श्रीलङ्काको जस्तो नभएको भन्दै अध्यक्ष त्रिपाठीले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर हुनुपर्ने बताए। उनले अनुदान र ऋण लिने देश नेपालमा एमसिसी परियोजना आउनु सुखद पक्ष हो भन्दै आफ्नो पार्टीको एजेण्डा जनता माझ पुग्न सक्यो भने आफ्नो सफलता हुने बताए। अध्यक्ष त्रिपाठीले आसन्न स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनेमा आफू पूर्ण विश्वस्त रहेको भन्दै अरु देशको सुरक्षा गर्ने नेपाल कुनै पनि देशबाट असुरक्षित नरहेको कुरामा जोड दिए।

प्रकाशित मिति: २०:५३ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्