कांग्रेसको घोषणापत्र तयारी समितिमा थप सदस्य मनोनीत

काठमाडौं, वैशाख ४ : नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा सदस्यहरू मनोनयन गरेको छ ।
महामन्त्री श्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा १९ जनालाई मनोनयन गरिएको हो ।
यस्तै नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचार प्रसार समिति अन्तर्गत “नेपाली जनसम्पर्क समिति भारत—स्थानीय तह निर्वाचन प्रचार–प्रसार समिति” मा सदस्यहरु मनोनीत गरिएको छ ।
प्रकाशित मिति: १९:४३ बजे, आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











