Kathmandu Press

हाँडीगाउको गहना खोज्ने जात्रा सकियो 

काठमाडौं, वैशाख ४ : काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको...
हाँडीगाउको गहना खोज्ने जात्रा सकियो 

काठमाडौं, वैशाख ४ : काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । 

टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ ।  त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । 

Hardik ivf

उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन् । यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन् । 

त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा लगाउने चलन चलेको संस्कृतिविदको भनाई छ । 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्