Kathmandu Press

चितवन र डडेल्धुरामा दुर्घटना, दुईको मृत्यु

चितवन, असोज २७ : चितवन र डडेल्धुरामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्न....

चितवन र डडेल्धुरामा दुर्घटना, दुईको मृत्यु

चितवन, असोज २७ : चितवन र डडेल्धुरामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ठक्करबाट घाइते ३२ वर्षीय युवकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको पहिचान खुलेको छैन।

त्यस्तै, डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ। स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा २ क ५४६४ नम्बरको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। स्काभेटर चालक शेरबहादुर महरा फरार रहेका छन्।

स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको प्रहरीले जनाइएको छ।

प्रकाशित मिति: ११:२० बजे, सोमबार, असोज २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्