Kathmandu Press

पोखरा महानगर र तीन उपमहानगर मेयरमा एकीकृत समाजवादीकाे दाबी

पोखरा महानगर र तीन उपमहानगर मेयरमा एकीकृत समाजवादीकाे दाबी

काठमाडौं, वैशाख ४ : एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको मेयरमा आफ्नो उम्मेदवारी दाबी गरेको छ। 

सत्तारुढ गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको आज (आइतबार) बसेको बैठकमा एकीकृत समाजवादीले महत्वपूर्ण स्थानमा दाबी गरेपछि भागबन्डा टुंगो लाउन नसकेको जनाइएको छ।

पोखरा महानगरको नेतृत्व नदिइने चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने भनाइ एकीकृत समाजवादीले राखेको सेको भनाइ छ।

बैठकमा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र विजय पौडेल सहभागी थिए। उनीहरूले पोखरा महानगरका साथै इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक गरी तीन उपमहानगर मेष्रको नेतृत्व आफूहरुको हुनुपर्ने माग राखेका थिए।

घोराही, जनकपुर र नेपालगगन्जको उपमेयरको उम्मेदवारीमा पनि एकीकृत समाजवादीले दाबी गरेको बताइएको छ।   

बैठकमा समितिका संयोजक रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले अस्वाभाविक दाबी गर्न नहुने बताएको जनाइएको छ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन्। तर कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैन। 

सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा समस्या देखिएको छ। चुनावी तालमेलका लागि सिट बाँडफाँटका विषयमा सहमति हुन नसकेपछि सोमबार पुनः छलफल गर्नेगरी बैठक टुंग्याइएको थियो।

प्रकाशित मिति: १८:३१ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्