Kathmandu Press

निर्वाचन कार्यालयले दलहरूसँग छलफल

निर्वाचन कार्यालयले दलहरूसँग छलफल

विराटनगर, बैशाख ४ : आसत्र स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वतन्त्र, पारदर्शी एवं निष्पक्ष बनाउन प्रदेश निर्वाचन कार्यालय विराटनगरले जिल्लास्थित क्रियाशील राजनीतिक दलहरूसँग छलफल गरेको छ।

छलफलमा दलका प्रतिनिधिहरूाई निर्वाचन आचारसंहिता विषयमा कार्यालय प्रमुख लेवन कास्यप अधिकारीले विस्तृत रूपमा जानकारी गराएका थिए। मतदाता समेतलाई निर्वाचन आचारसंहिता लाग्ने भएकाले निर्वाचन सम्बन्धमा निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिता सबैले इमान्दारीपूर्वक पालना गर्न प्रमुख अधिकारीले आग्रह गरे।

Hardik ivf

मोरङमा कूल स्थानीय तह १७ वटामा १५९ वडा रहेको, सबै स्थानीय पालिका गरी सात लाख १५ हजार २२३ मतदाता, भाग लिने राजनीतिक दल स्वतन्त्रबाहेक ३९, कूल मतदानस्थल ३०० र मतदान केन्द्र ८२० छन्।

सबैभन्दा बढी विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ र सबैभन्दा कम  मिक्लाजुङ गाउँपालिकामा २३ हजार ९९० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले निर्वाचनमा कुनै पनि अनियमितता हुन नदिन जिल्ला प्रशासन कार्यालय सचेत रहेको भन्दै निर्वाचन आचारसंहिता पालना गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

सहभागी दलका प्रतिनिधिहरुले आचारसंहिता पालना गर्ने र यसलाई ठूला दलबाटै भत्काउने काम हुने गरेको पाइएकाले यसतर्फ निर्वाचन आयोग र सुरक्षा निकायको ध्यान जानुपर्ने बताएका थिए।

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्