Kathmandu Press

नमुना काम गरेर देखाउँछु : मन्त्री बोहरा

डडेल्धुरा, वैशाख ४ :  सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमुना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन्।दुई साताअगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिएका...
नमुना काम गरेर देखाउँछु : मन्त्री बोहरा

डडेल्धुरा, वैशाख ४ :  सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहराले नमुना कार्य गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

दुई साताअगाडि मात्रै सामाजिक विकासमन्त्रीको शपथ लिएका मन्त्री बोहराले डडेल्धुरा पुगेर स्वास्थ्य र शिक्षाका क्षेत्रमा सुदूरपश्चिमका नौवटै जिल्लामा नमूना कार्य गरेर देखाउने बाचा गरे।

सुदूरपश्चिम अझै पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा पछाडि रहेको बताउँदै उनले जनतामुखी बजेट ल्याउन सबै क्षेत्रका विज्ञ व्यक्तिसँग छलफल गरिरहेको जानकारी दिए।

जिल्ला सदरमुुकाम पुगेका सामाजिक विकासमन्त्री बोहराको जिल्लावासीले अभिनन्दनसमेत गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि समाजिक विकास मन्त्रालयको जिम्मा पाएका अमरगढी–३ चमसाल घर भएका गोविन्दराज बोहरा पहिलो पटक गृहजिल्ला डडेल्धुरा पुगेका हुन्।

स्वास्थ्यका क्षेत्रमा आफ्नो कार्यकाल अवधिमा लक्षित समुदायका मानिसको निःशुल्क स्वास्थ्य बीमा गर्ने मन्त्री बोहराले बताए। सुदूरपश्चिमका कुनै पनि व्यक्तिले औषधि नपाई वा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन सरकारी तवरबाट नै स्वास्थ्य बीमा गराइने मन्त्रीले बताए।

सोमबारसम्म गृहजिल्ला भ्रमणमा आएका मन्त्री बोहराले कांग्रेस हरेक क्षेत्रमा बलियो रहेको कुरा उल्लेख गर्दै तल्लो कमिटीले निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । डडेल्धुराका सातवटै स्थानीय तहमा पार्टीको सूचाङ्क बलियो देखिएको छ।

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्