Kathmandu Press

सञ्चारकर्मी दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयको ‘स्वर्ण पदक’

मोरङ, वैशाख ४ : पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ (स्वर्ण पदक) प्रदान गरेको छ ।विश्वविद्यालयले २०७७ साल (सन्...
सञ्चारकर्मी दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयको ‘स्वर्ण पदक’

मोरङ, वैशाख ४ : पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ (स्वर्ण पदक) प्रदान गरेको छ ।

विश्वविद्यालयले २०७७ साल (सन् २०२०) मा ‘मास्टर अफ आर्टस इन मास कम्युनिकेशन एन्ड जोर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा प्रथम भएबापत सो पदक प्रदान गरेको हो ।

Hardik ivf

विगत १३ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा पत्रकारिता गर्दै आएका उनलाई विश्वविद्यायद्वारा यहाँ आइतबार आयोजित ‘दसौँ दीक्षान्त समारोह’मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र तिलगङ्गा आँखा प्रतिष्ठान, गौशाला, काठमाडौँका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रूइतले पदक प्रदान गरे। रैनादेवी छहरा-५, मुझुङ, पाल्पामा जन्मिएका दर्नालले सामाजिक विषयमा लेख्दै आएका छन्।

पत्रकार दर्नालले पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएबापत ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार–२०७३’, ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’, ‘रिपोर्टर्स क्लब–उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७४’ ‘मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनजागरण सम्मान–२०७६’ लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन्।

समारोहमा विश्वविद्याय स्वर्ण पदक र विभिन्न सङ्कायबाट २०७४ सालदेखि २०७७ सालभित्र सर्वप्रथम हुने ४२ विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको थियो।

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्