पोखरा मेयरका लागि एकीकृत समाजवादीबाट १३ जनाको नाम सिफारिस
पोखरा, वैशाख ४ : पोखरा महानगर मेयरको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीबाट १३ जनाको नाम सिफारिस भएको छ।एकीकृत समाजवादी कास्कीको आज (आइतबार) बसेको बैठकले...
पोखरा, वैशाख ४ : पोखरा महानगर मेयरको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीबाट १३ जनाको नाम सिफारिस भएको छ।
एकीकृत समाजवादी कास्कीको आज (आइतबार) बसेको बैठकले मेयरको उम्मेदवारका लागि धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायत १३ जनाको नाम मेयरको उम्मेदवारका लागि सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।
धनराज आचार्य एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पनि हुन्। उपमेयर उम्मेदवारका लागि पनि चारजनाको नाम सिफारिस गरिएको छ। जसमा होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ छन्। होम नेपाली पार्टीका जिल्ला सचिव हुन्।
पोखराको मेयरका लागि एकीकृत समाजवादीले दाबी गरिरहेको चर्चा राजनीतिक वृत्तमा चलेको छ। मेयर नपाए उपमेयर जसरी पनि लिने दाउमा सो पार्टी रहेको बुझिएको छ।
प्रकाशित मिति: १७:३२ बजे, आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











