Kathmandu Press

निलम्बित गभर्नर अधिकारीद्वारा सर्वोच्चमा रिट पेस

काठमाडाैं, वैशाख ४ : नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले आफूमाथिको कारबाही गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतलाई गुहारेका छन्।सरकारले आफूलाई गरेको निलम्बनको कारबाही...
निलम्बित गभर्नर अधिकारीद्वारा सर्वोच्चमा रिट पेस

काठमाडाैं, वैशाख ४ : नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले आफूमाथिको कारबाही गैरकानुनी रहेको भन्दै सर्वोच्च अदालतलाई गुहारेका छन्।

सरकारले आफूलाई गरेको निलम्बनको कारबाही गैरकानुनी रहेको दाबी गर्दै त्यसको खारेजीको माग गर्दै उनी आज (आइतबार) रिट लिएर सर्वोच्च पुगेका हुन्।

यद्यपि उनको रिट दर्ता भने भइनसकेको र अध्ययन भइरहेको सर्वोच्च अदालत प्रशासन स्रोतले जनाएको छ। 

चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोप लगाएर गभर्नरबाट निलम्बन गरेको थियो। 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्