प्रेस युनियन सुनसरीद्वारा पुरस्कारका लागि अक्षयकोष स्थापना
विराटनगर, वैशाख ४ : नेपाल प्रेस युनियन सुनसरी शाखाले रु. पाँच लाखको अक्षयकोष स्थापना गरेको छ।शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना...
विराटनगर, वैशाख ४ : नेपाल प्रेस युनियन सुनसरी शाखाले रु. पाँच लाखको अक्षयकोष स्थापना गरेको छ।
शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो। अक्षयकोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले साझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई रु. ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई रु. एक लाख एक हजार राशिको गोविन्द खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए।
व्यवसायी घिमिरेले आफ्ना बुबाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा सो कोष स्थापना गरेका हुन्।
प्रकाशित मिति: १७:०३ बजे, आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












