Kathmandu Press

पोखरा महानगर मेयर बन्न कांग्रेसबाट मन्त्रीसहित १८ जना इच्छुक

पोखरा, वैशाख ४ : पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्न बहालवाला मन्त्रीसहित १८ जना इच्छुक देखिएका छन्।उक्त पार्टीको महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार...
पोखरा महानगर मेयर बन्न कांग्रेसबाट मन्त्रीसहित १८ जना इच्छुक

पोखरा, वैशाख ४ : पोखरा महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरको उम्मेदवार बन्न बहालवाला मन्त्रीसहित १८ जना इच्छुक देखिएका छन्।

उक्त पार्टीको महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार पार्टीले निकालेको सूचनाका आधारमा १८ जनाले आवेदन दिएका छन्।
 
महानगर समितिले आज (आइतबार) ४ बजेसम्मको बजेभित्र तोकिएको ढाँचामा पार्टीभित्र उम्मेदवारी दर्ताका लागि आवेदन दिन भनेकाे थियो।

महानगर मेयरको उम्मेदवारका लागि आवेदन दिनेमा बिन्दुकुमार थापा, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे रहेकाे महानगर कमिटी सचिव गणेशबहादुर थापाले जानकारी दिए।

त्यसैगरी विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले पनि महानगर मेयरकै लागि आवेदन दिएका छन्। बिन्दुकुमार थापा गण्डकी प्रदेशका कानुनमन्त्री छन्।

त्यसैगरी उपमेयरका लागि १० जनाले आवेदन दिएका छन्। जसमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन्।

कांग्रेसबाट महानगर मेयरका आकांक्षीले २५/२५ हजार र उपमेयरका आकांक्षीले २०/२० हजार रुपैयाँ तिरेर नाम दर्ता गराएकाे जनाइएकाे छ। कास्की कांग्रेसले पोखरा महानगरसहित सबै पाँच पालिकामा प्रमुख पदमा आफ्नाे उम्मेदवार हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्