Kathmandu Press

देशभर थप १२ जनामा कोरोना संक्रमण

काठमाडाैं, वैशाख ४ : नेपालमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ७ सय ५० पिसिआर परिक्षणका क्रममा...
देशभर थप १२ जनामा कोरोना संक्रमण

काठमाडाैं, वैशाख ४ : नेपालमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ७ सय ५० पिसिआर परिक्षणका क्रममा ११ जना र ७ सय ३० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३९ जना निको भएका छन्।

हाल नेपालमा ३ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्