Kathmandu Press

प्रचण्ड, उपेन्द्र यादव र बाबुराम भट्टराईबीच भेटघाट

काठमाडौं, वैशाख ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा केन्द्रीय...
प्रचण्ड, उपेन्द्र यादव र बाबुराम भट्टराईबीच भेटघाट

काठमाडौं, वैशाख ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तथा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज (आइतबार) उनीहरुबीच छलफल भएको हो। पौने १२ मा सुरु भएको छलफल ३५ मिनेटजति चलेको जनाइएको छ।

उनीहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको जनाइएको छ। छलफलपछि सिंहदरबारबाट बाहिरिने क्रममा जसपा अध्यक्ष यादवले सामान्य गफ मात्रै चलेको बताए।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय भए पनि कतिपय ठाउँमा तालमेलका लागि सकस भइरहेको छ।

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्