Kathmandu Press

स्थानीय निर्वाचनमा कुनै दलसँग राप्रपाकाे तालमेल हुँदैन : लिङ्देन

जनकपुर, वैशाख ४ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन्।आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा...
स्थानीय निर्वाचनमा कुनै दलसँग राप्रपाकाे तालमेल हुँदैन : लिङ्देन

जनकपुर, वैशाख ४ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन्।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन्।

अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उहाले दावी गरे। त्यस्तै लिङ्देनले राप्रपाले मौका पाउने वित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्र समेत घोषणा गर्ने उनले बताए।

नयाँ सम्झौताअन्तर्गत राष्ट्रप्रमुख वा अभिभावकिय संस्थाको रुपमा राजसंस्था रहने र जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति राप्रपाको रहेको उनको भनाइ छ।

धनुषाको वीरेन्द्रबजारमा पार्टी प्रवेश एवम स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन र पार्टीकी केन्द्रीय सदस्य एवम् नायिका रेखा थापा जनकपुर गएका थिए।

 

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्