Kathmandu Press

संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न सकेन : सभामुख

काठमाडौं, वैशाख ४ : सभामुख अग्नि सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन्।आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै...
संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न सकेन : सभामुख

काठमाडौं, वैशाख ४ : सभामुख अग्नि सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन्।

आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफूले गर्नुपर्ने दायित्य पूरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन्।

उनले सभामुखको काम कानुन निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानुन निर्मााणका साथै बनेका कानुनको संसदीय निगरानी गर्नु रहेको भए पनि त्यसका लागि आवश्यक वातावरण बनाउने ठुलो कुरा रहेको बताए।

उचित वातावरण बनाउन आफूले पहल गरे पनि बिभिन्न अप्ठ्यारा रहेको उनको भनाइ छ। सभामुख सापकोटाले असन्तुष्टि पोख्नु र आलोचना हुनु स्वभाविक भए पनि मुख्य कुरा निकास दिने नै भएको धारणा राखे।

नेपाल कार्टुनिस्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सीलमा वैशाख ६ गतेसम्म चल्नेछ। करिब तीन दर्जन कार्टुनिष्टहरुद्वारा पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरु देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लबले जनाएको छ। 

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्