दाइजोको निहुँमा नेपाली चेलीको भारतमा हत्या, सीमानजिक फालियाे शव
विराटनगर, असोज २७ : विराटनगर महानगरपालिका–११ कि एक युवतीको शव भारतको सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा फेला परेको छ।
....
विराटनगर, असोज २७ : विराटनगर महानगरपालिका–११ कि एक युवतीको शव भारतको सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा फेला परेको छ।
भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार)को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ। मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ।
रन्जनालाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको भारतीय प्रहरीको आशंका छ।
भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ।
उनकी सासू र जेठानी भने फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको भारतीय प्रहरीको जनाएको छ।
दाइजोको नल्याउदा कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ। यसमा थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।











