उड्दाउड्दै इन्जिन फेल भएपछि समिट एयरकाे जहाज आकस्मिक अवतरण
काठमाडौं, वैशाख ४ : काठमाडौंबाट लुक्ला उडेको समिट एयरको एउटा जहाज दुर्घटना हुनबाट जोगिएको छ।आज (आइतबार) बिहान ११ बजेर ४७ मिनेट जाँदा काठमाडौंबाट लुक्ला...
काठमाडौं, वैशाख ४ : काठमाडौंबाट लुक्ला उडेको समिट एयरको एउटा जहाज दुर्घटना हुनबाट जोगिएको छ।
आज (आइतबार) बिहान ११ बजेर ४७ मिनेट जाँदा काठमाडौंबाट लुक्ला उडेको एसएमए ४०७ उडान नम्बरको जहाज दुर्घटनाबाट जोगिएको हो।
उडिरहेको अवस्थामा बायाँतर्फको इन्जिन फेल भएपछि काठमाडौंमै फर्काएर सुरक्षित रूपमा जहाजलाई आपतकालीन अवतरण गराइएको हो।
उक्त जहाजमा चालक दलका तीन सदस्यसहित १८ जना सवार रहेको स्रोतको भनाइ छ। समिट एयर।को आकस्मिक अवतरणका क्रममा झन्डै १० मिनेट विमानस्थल बन्द गरिएको जनाइएको छ।
जहाजमा सवार यात्रु तथा चालक दलका सदस्य सबै सुरक्षित रहेको विमानस्थल स्रोतले जनाएको छ।
प्रकाशित मिति: १४:२७ बजे, आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











