Kathmandu Press

छात्रालाई याैन दुर्व्यवहार गरेकाे भन्दै नवलपरासीकाे जनक माविमा तनाव, ६ प्रहरी घाइते

चितवन, वैशाख ४ : नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले याैन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्।कक्षा १२ मा अध्ययन गर्ने...
छात्रालाई याैन दुर्व्यवहार गरेकाे भन्दै नवलपरासीकाे जनक माविमा तनाव, ६ प्रहरी घाइते

चितवन, वैशाख ४ : नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले याैन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन्।

कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले संवेदनशील अंगमा छुने, अश्लील भिडियोहरु देखाउने गरेको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि विद्यालय परिसर तनावग्रस्त भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विद्यार्थीहरूले प्रधानाध्यापक र छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकको मोटरसाइकल जलाएका छन्।

प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको छ। तर आरोपित शिक्षकलाई लुकाउन खोजेको भन्दै उनीहरुले प्रहरीमाथि नै ढुंगामुढा गरेको जनाइएको छ।

विद्यार्थीको ढुंगामुढाबाट ६ प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।

गैंडाकोट प्रहरीका अनुसार विद्यार्थीहरुले आरेपित शिक्षकलाई राखिएको कोठामा पुगेर आक्रमण गर्न थालेपछि परिस्थितिलाई नियन्त्रणमा लिन हवार्इ फायरसमेत गरिएको थियो।

अप्रिय घटना हुन नदिन थप प्रहरी मगाइएको जनाइएको छ।

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्