Kathmandu Press

कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि सञ्चालन गर्न बाेर्डकाे निर्देशन

काठमाडौं, वैशाख ४ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ।जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा...
कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि सञ्चालन गर्न बाेर्डकाे निर्देशन

काठमाडौं, वैशाख ४ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ।

जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्नेगरी कक्षा ११ को परीक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाउन बोर्डले सबै विद्यालयलाई निर्देशन दिएको हो।

Hardik ivf

विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्डअनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोहीअनुसार गर्न/गराउन निर्देशन दिइएको सूचनामा उल्लेख छ।

बोर्डले जारी गरेको सूचनामा शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको पनि जनाइएको छ।

‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ को परिच्छेद ७ को दफा ९ को ४ (१) ‘क’ अनुसार विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन/शाखा कार्यलयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराउने जानकारी बोर्डले दिएको छ।

प्रकाशित मिति: १३:०० बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्