Kathmandu Press

स्याङ्जाको वालिङमा ११ जना सवार जिप दुर्घटना

काठमाडौं, वैशाख ४ : स्याङजाको वालिङमा जिप दुर्घटना भएको छ। वालिङ नगरपालिका-१२ स्थित माथिल्लो डाँडाखर्कमा ग१ज ७३९९ नम्बरको जिप दुर्घटनाग्रस्त भएको हो।जिपमा चालकसहित ११ जना...
स्याङ्जाको वालिङमा ११ जना सवार जिप दुर्घटना

काठमाडौं, वैशाख ४ : स्याङजाको वालिङमा जिप दुर्घटना भएको छ। 

वालिङ नगरपालिका-१२ स्थित माथिल्लो डाँडाखर्कमा ग१ज ७३९९ नम्बरको जिप दुर्घटनाग्रस्त भएको हो।

जिपमा चालकसहित ११ जना सवार रहेकाे अस्थायी ट्राफिक पाेस्ट वालिङका असई कुलबहादुर अधिकारीले जानकारी दिए।

बाटो खाल्डाखुल्डी भएकाले जिप अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने उनले बताए। जिप सडकभन्द करिब १ सय ५० मिटर तल खसेको उनको भनाइ छ।

दुर्घटनास्थलबाट केहीलाई अचेत अवस्थामा निकालिएको र अन्य केही सामान्य घाइतेलाई उद्धार गरी वालिङ अस्पताल पठाइएको उनले जानकारी दिए।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: १२:०२ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्