Kathmandu Press

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङ, वैशाख ४ : बझाङमा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।गएराति १२ बजे बझाङको सुर्माबाट...
बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङ, वैशाख ४ : बझाङमा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

गएराति १२ बजे बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप देउलेकमा दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिपमा नौ जना सवार थिए। दुर्घटनामा तीन जना घाइते भएका छन्। उनीहरुको धनगढीमा उपचार भइरहेको छ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:४१ बजे, आइतबार, वैशाख ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्