दिनेश कार्थिकको उत्कृष्ट पारीमा आरसीबी विजयी
काठमाडौं, वैशाख ४ : दिनेश कार्थिकले उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।गएराति मुम्बईमा...
काठमाडौं, वैशाख ४ : दिनेश कार्थिकले उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
गएराति मुम्बईमा भएको खेलमा बेङ्ग्लोरले दिल्लीलाई १६ रनले पराजित गरेको हो। बेङ्ग्लोरले दिएको एक सय ९० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले सात विकेट गुमाएर एक सय ७३ रन मात्र बनाउन सक्यो दिल्लीका डेभिड वार्नरले ६६ रन बनाए।
बेङ्ग्लोरका जोश हाजलउडले तीन र मोहम्मद सिराजले दुई विकेट लिए।
पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले पाँच विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो। बेङ्ग्लोरका लागि दिनेश कार्थिकले ३४ बलमा ६६ बनाए। त्यस्तै, ग्लेन म्याक्सवेलले ३४ बलमा ५५ रन बनाएका थिए।
दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदीप यादवले एकएक विकेट लिएका थिए।
यो जितसँगै बेङ्ग्लोरले ६ खेलमा ८ अङ्क जोडेको छ। दिल्ली पाँच खेलमा ४ अङ्क जोडेर आठौँ स्थानमा छ।












