Kathmandu Press

पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एकको मृत्यु, पाँच घाइते

काठमाडाैं, बैशाख ३ : गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४...
पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एकको मृत्यु, पाँच घाइते
Hardik ivf

काठमाडाैं, बैशाख ३ : गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ।

प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ।

यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ। ती अगलागीका घटनामा झण्डै रु दुई करोडको क्षति भएको छ।

प्रकाशित मिति: २०:२७ बजे, शनिबार, वैशाख ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्